प्रमुख प्रशासकीय अधिकृतविहीन चार उपमहानगरपालिकामा पठाइयो सहसचिव

हिमाल प्रेस १७ चैत २०८२ २०:२० | Tuesday, March 31, 2026
40
SHARES
प्रमुख प्रशासकीय अधिकृतविहीन चार उपमहानगरपालिकामा पठाइयो सहसचिव

काठमाडौँ- प्रमुख प्रशासकीय अधिकृतविहीन चार वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले चारवटा उपमहानगरपालिकासहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

स‌ंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ। उनलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निजी सचिवका रूपमा खटाइएको छ।

यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्रप्रसाद भुसाललाई पठाइएको छ।

यस्तै सरकारले बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा दीपक ज्ञवालीलाई पठाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञानहरि घिमिरेलाई पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ।

प्रकाशित: १७ चैत २०८२ २०:२० | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast