‘कार्की साइँला’ मा जितुको जोडी मुन्नी, टिमले सके छायांकन

हिमाल प्रेस ४ चैत २०८२ १२:०७ | Wednesday, March 18, 2026
10
SHARES
‘कार्की साइँला’ मा जितुको जोडी मुन्नी, टिमले सके छायांकन

काठमाडौँ- राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’ को छायांकन सकिएको छ। फिल्मको २१ दिनमा फिल्मको छायांकन सकिएको निर्माण टिमले जनाएको छ।

धनकुटाबाट सुरु भएको फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा छायांकन गरिएको निर्देशक बस्नेतले बताए। उनका अनुसार २१ दिनमा छायांकन सकिएको हो।

फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना आचार्य (मुन्नी) रहेकी टिमले जनाएको छ। यो उनीहरुको पहिलो सहकार्य हो। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’मा अभिनय गरेकी थिइन्।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता छन्। कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण बनेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन।

प्रकाशित: ४ चैत २०८२ १२:०७ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast