जय ट्रफी कप : आर्मी र पुलिस क्लब उपाधिका लागि भिड्दै

हिमाल प्रेस ३ चैत २०८२ १०:०४ | Tuesday, March 17, 2026
8
SHARES
जय ट्रफी कप : आर्मी र पुलिस क्लब उपाधिका लागि भिड्दै

काठमाडौँ- जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ। दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु हुने भनिए पनि मैदान भिजेका कारण अझै टस हुन सकेको छैन । फाइनल ३ दिवसीय हुनेछ। लिग राउन्ड २ दिवसीय भएको थियो।

ट्रफी अन्तर्गत प्रतिनिधिसभा निर्वाचनअघि राउन्ड रोबिन लिग सकिएको थियो। ४ टोली सहभागी हुन ट्रफीमा आर्मी ६६ अंकसहित शीर्ष र ६५.५ अंकका साथ पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए। लिगका ३ खेलमा आर्मीले १ खेलमा जित र २ मा बराबरी खेलेको थियो। २ खेल जितेको पुलिसले १ खेल हारेको थियो।

प्रकाशित: ३ चैत २०८२ १०:०४ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast