इजरायलमा इरानी मिसाइल आक्रमण : अमेरिकाले थाल्यो आफ्ना नागरिकको उद्धार

हिमाल प्रेस ९ चैत २०८२ १५:२३ | Monday, March 23, 2026
14
SHARES
इजरायलमा इरानी मिसाइल आक्रमण : अमेरिकाले थाल्यो आफ्ना नागरिकको उद्धार

काठमाडौँ- इरानले इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले इरानका तर्फबाट मिसाइल आक्रमण भएको जनाएको हो।

आईडीएफका अनुसार उसको ‘एयर डिफेन्स सिस्टम’ ले यी आक्रमणहरूलाई बीचमै रोक्ने प्रयास गरिरहेको छ।

यसैबीच इजरायली सेनाले पनि सोमबार इरानको राजधानी तेहरानका कैयौँ स्थानमा ठूलो परिमाणमा हवाई आक्रमण गरेको छ। इरानको सरकारी सञ्चारमाध्य र आईआरजीसीसँग आवद्ध फार्स न्यूज एजेन्सीले पूरा सहरभरि विष्फोटका आवाजहरू सुनिएको जानकारी दिएको छ।

यसैबीच इजरायलमाथि भइरहेका लगातारका इरानी आक्रमणका कारण अमेरिकाले आफ्ना नागरिकलाई त्यहाँबाट निकाल्ने अभियान सुरू गरेको छ। अमेरिकाले येरुशलममा रहेका आफ्ना नागरिकलाई दूतावासबाट बाहिर निकाल्न विशेष बस सेवा सुरू गरेको छ।

अमेरिकी दूतावासले जोर्डनको राजधानी अम्मानका लागि बसहरू उपलब्ध गराएको हो। इजरायल छोड्न चाहने अमेरिकी नागरिकका लागि बस सेवा सञ्चालन गरिएको त्यहाँको दूतवासले जनाएको छ। यी बसहरूले यात्रुलाई जोर्डन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याउनेछ।

प्रकाशित: ९ चैत २०८२ १५:२३ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast