इरानी मिडियाको दाबी : हेजबुल्लाहद्वारा इजरायलविरुद्ध ६० बढी सैन्य अपरेसन सञ्चालन

हिमाल प्रेस ९ चैत २०८२ १७:४० | Monday, March 23, 2026
8
SHARES
इरानी मिडियाको दाबी : हेजबुल्लाहद्वारा इजरायलविरुद्ध ६० बढी सैन्य अपरेसन सञ्चालन

तेहरान- हेजबुल्लाहले सोमबार २४ घण्टाको समय अवधिमा इजरायली सैन्य केन्द्रहरूलाई लक्षित गरी ६३ वटा सैन्य कारबाही गरेको इरानी मिडियाले बताएका छन्।

हेजबुल्लाहले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै मिडियाले लेबनानी क्षेत्र र जनताको रक्षा गर्न र इजरायली आक्रमणहरूको प्रतिक्रियाका रूपमा अपरेसनहरू सुरु गरिएको बताएको छ।

अपरेसनमा रकेट र ड्रोन आक्रमण समावेश रहेको बताइएको छ भने लक्ष्यहरू मुख्यतया इजरायली सैन्य केन्द्र सवारी साधन, र सीमा क्षेत्रहरूमा रहेका सैन्य तैनाती केन्द्रहरूमा केन्द्रित छन्।

उत्तरी सहर मालोट-तर्सिहाको एक घरमा हेजबुल्लाहले रकेट प्रहार गर्दा पाँच जना घाइते भएको टाइम्स अफ इजरायलले रिपोर्ट गरे पछि यो घटनाक्रम आएको हो।

हेजबुल्लाहले शनिबार उत्तरी इजरायलमा रकेट प्रहार गरी धेरै भवन र पूर्वाधारलाई क्षति पुगेको बताइएको छ। हेजबुल्लाहले देशको दक्षिण क्षेत्रमामा हतियार ओसार्न प्रयोग गरेको आरोपमा लेबनानको लिटानी नदीमा रहेको पुललाई इजरायली वायुसेनाले आइतबार धस्त पारेको टाइम्स अफ इजरायलले जनाएको छ।

लिटानीको कासमिया ब्रिजमा भएको आक्रमणले बेरुतबाट आक्रोशको सामना गर्नु परेको थियो जसले यो कदमलाई खतरनाक भन्दै चेतावनी दिएको छ भने लेबनानमा इजरायललाई आक्रमण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न अनुरोधसमेत गरेको छ।

टाइम्स अफ इजरायलका अनुसार कास्मिया पुल मार्च २ देखि इजरायलको हाक्रमणमा परेको पाँचौँ पुल हो। रासस/एएनआई

प्रकाशित: ९ चैत २०८२ १७:४० | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast