महिला शिक्षकलाई पनि किरिया बिदा दिन निर्देशन

हिमाल प्रेस १७ फागुन २०८२ १०:३२ | Sunday, March 1, 2026
54
SHARES
महिला शिक्षकलाई पनि किरिया बिदा दिन निर्देशन

कञ्चनपुर- शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरले महिला शिक्षकलाई पनि पुरुष शिक्षकसरह किरिया बिदा उपलब्ध गराउन विद्यालयलाई निर्देशन दिएको छ।

कृष्णपुर नगरपालिकास्थित विणा माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक अपर्णा भट्टले किरिया बिदाका लागि दिएको निवेदनका सन्दर्भमा एकाइले स्पष्ट व्याख्यासहित पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।

एकाइ प्रमुख उपसचिव लक्ष्मण गिरीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १०६ (७) उल्लेख गर्दै शिक्षक आफैँ किरिया बस्नुपर्ने अवस्थामा किरिया बिदा पाउने व्यवस्था रहेको स्पष्ट पारिएको छ।

पत्रमा ‘शिक्षक’ शब्दले महिला र पुरुष दुवैलाई समान रूपमा जनाउने भएकाले महिला शिक्षकलाई उक्त बिदाबाट वञ्चित गर्नु नियमको भावना विपरीत हुने उल्लेख गरिएको छ।

त्यसैले सम्बन्धित शिक्षिकाले किरिया बिदाको दाबी गरेको अवस्थामा सो बिदा स्वीकृत गर्नु उपयुक्त हुने व्यहोरा विद्यालय प्रशासनलाई जानकारी गराइएको छ।

उक्त निर्णयको बोधार्थ कृष्णपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालयलाई समेत पठाइएको छ।

यो पनि

आमाबाबुको मृत्यु हुँदा पाउँदैनन् महिला शिक्षकले बिदा, कानुन संशोधन गर्न माग

प्रकाशित: १७ फागुन २०८२ १०:३२ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast