टी २० विश्वकप २०२६ को सेमिफाइनल दौडमा भारत र वेस्ट इन्डिज, हार्ने टोली बाहिरिने

हिमाल प्रेस १७ फागुन २०८२ ८:४१ | Sunday, March 1, 2026
8
SHARES
टी २० विश्वकप २०२६ को सेमिफाइनल दौडमा भारत र वेस्ट इन्डिज, हार्ने टोली बाहिरिने

काठमाडौँ- आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ का अन्तिम २ खेल आज हुँदैछन्। सुपर ८ को समूह–१ को निर्णायक खेल कोलकाताको इडेन गार्डेनमा साँझ सवा ७ बजे हुनेछ। यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनल स्थान सुरक्षित गर्नेछन्।

हार्ने टिम सुपर ८ बाटै बाहिरिनेछ। यो समूहबाट दक्षिण अफ्रिका लगातार जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरिसकेको छ। समूहमा भारत र वेस्ट इन्डिज दुवैको समान दुई अंक छ । तालिकामा भारतभन्दा वेस्ट इन्डिजको नेट रनरेट बलियो रहेको छ। दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पछिल्लो खेलमा ९ विकेटले हराएको थियो।

यो हारपछि वेस्ट इन्डिजले भारतसँगको खेल कुर्नुपरेको हो। यही जितपछि भारतको पनि सम्भावना खुलेको थियो। दक्षिण अफ्रिकाविरुद्ध जित निकालेको अवस्थामा वेस्ट इन्डिज पनि अन्तिम ४ मा पुग्ने थियो। वेस्ट इन्डिजले १० वर्षअघि इडेन गार्डेनमा फाइनल जित्दै उपाधि उचालेको थियो। भारत सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएपछि दबाबमा आएको थियो।

दोस्रो खेलमा भने जिम्बावेलाई ७२ रनले हराउँदै सम्भावना बढायो। त्यसअघि आजै दक्षिण अफ्रिका र जिम्बाबेबीचको खेल हुनेछ।

प्रकाशित: १७ फागुन २०८२ ८:४१ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast