काठमाडौँ- चलचित्र विकास बोर्डले फागुन १६ सम्म हलमा प्रदर्शनरत नेपाली फिल्मको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। बोर्डले साेमबार बक्स अफिस कलेक्सन सार्वजनिक गरेको हाे।
रिपोर्टअनुसार अहिले हलमा ‘आ बाट आमा’, ‘कुमारी’ , ‘रमिताको पिरती’ र ‘बिगुल’ प्रदर्शनरत छ।
बक्स अफिस कलेक्सनअनुसार ‘आ बाट आमा’ ले १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ कमाएको छ। तर अन्य तीन फिल्म लाखकै हाराहारीमा व्यापार गर्न सकेको छ। ती फिल्म दर्शककाे नजरमा पर्न सकेनन्।
‘कुमारी’ ले ६४ लाख ४८ हजार १ सय २६ रुपैयाँ कमाएको छ। फिल्मको १९ हजार ९ सय ५९ वटा टिकट बिक्री भएको छ।
‘रमिताको पिरती’ को कमाइ २८ लाख ६८ हजार १ सय ४३ रुपैयाँ छ। फिल्म ८ हजार ७ सय ३७ जनाले हेरेका छन्।
त्यस्तै ‘बिगुल’ ले ९ लाख २८ हजार ८ सय ६० रुपैयाँ मात्र कमाएको विवरणमा उल्लेख छ। जसअनुसार फिल्मको २ हजार ७ सय २२ वटा टिकट बिक्री भएको छ।





