सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने आईजीपी अर्यालको विश्वास

हिमाल प्रेस १० चैत २०८२ १३:५५ | Tuesday, March 24, 2026
16
SHARES
सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने आईजीपी अर्यालको विश्वास

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने विश्वास व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २२ औं वार्षिकोत्सवका अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यसअघि संगठनको स्पष्ट भूमिकासहितको कानुनको मस्यौदा सरकारलाई पठाए पनि कानुन बन्न नसकेको भन्दै अबको नयाँ संसद्ले स्पष्ट अधिकार र भूमिकासहितको कानुनलाई अघि बढाउने विश्वास व्यक्त गरेका हुन्।

उनले भदौ २३ र २४ को घटनादेखि निर्वाचन सम्पन्न गर्ने अवस्थासम्म सशस्त्र प्रहरीले खेलेको प्रभावकारी भूमिका कारण देश स्थिरतामा हिँड्न सुरु गरेको उल्लेख गरे।

सबै सुरक्षा निकायका कारण देशमा एकथोपा रगत नबगी निर्वाचन गर्न सफल भएको भन्दै अर्यालले आगामी दिनमा देशको लागि रक्षा गर्नुको लागि सुरक्षा फौज तयार, तत्पर र सक्षम रहेको धारणा राखे।

कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

प्रकाशित: १० चैत २०८२ १३:५५ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast