काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले दिएको मतको सम्मान गर्दै काम गर्ने बताएकी छन्।
बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले धेरै मेहनत गरेर देश र जनताका लागि काम गर्ने बताएकी हुन्।
उनले ठूलो जिम्मेवारीका साथै जनताले रास्वपालाई ऐतिहासिक जिम्मेवारी दिएको धारणा राखिन्।
रास्वपाका सबै सांसदहरूले जिम्मेवारीबोध गरेकाले मेहनत गरेर काम गर्ने उनको भनाइ छ।
प्रकाशित: १२ चैत २०८२ १४:५७ | Thursday, March 26, 2026
प्रतिक्रिया




