काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताएका छन्।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुङसहितको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले यस्तो बताएका हुन्।
कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको उनको भनाइ थियो।
त्यस अवसरमा एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै कांग्रेसको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: १२ चैत २०८२ १९:५४ | Thursday, March 26, 2026
प्रतिक्रिया




