समानुपातिकमा कुन दलको कति मत? (सूचीसहित)

हिमाल प्रेस २७ फागुन २०८२ १३:१२ | Wednesday, March 11, 2026
32
SHARES
समानुपातिकमा कुन दलको कति मत? (सूचीसहित)

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार बुधबार सबै मतगणना सकिएको हो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ कुल एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएका छन्। तीमध्ये सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको छ। रास्वपाले ५१ लाख ३९ हजार २३५ मत पाउँदै कुल सदर मतको ४७.९ प्रतिशत हासिल गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ जुन कुल सदर मतको १६.३ प्रतिशत हो।

तेस्रो स्थानमा रहेको नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत अर्थात् १३.५ प्रतिशत मत पाएको छ। चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ५ हजार ७७३ मत पाउँदै ७.५ प्रतिशत मत हासिल गरेको छ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड पार गर्ने दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ मत प्राप्त गरेको छ जुन कुल सदर मतको ३.५ प्रतिशत हो।

त्यस्तै, थ्रेसहोल्ड कटाउने अन्तिम दलका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ। राप्रपाले ३ लाख २९ हजार ४७२ मत अर्थात् ३.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकमा कुन दलको कति मत?

जसपा नेपाल: १,७४,३१७

राष्ट्रिय परिवर्तन पार्टी: १,७१,५०१

जनमत पार्टी: ७८,९७३

नाउपा नेपाल: ६१,५३४

नेपाल मजदूर किसान पार्टी: ४२,२४०

राष्ट्र निर्माण दल नेपाल: ३८,९३१

राष्ट्रिय जनमोर्चा: २९,४४०

नेपाल संघीय समाजवादी पार्टी: २८,३२६

नेपाल जनता संरक्षण पार्टी: २८,१४९

प्रगतिशील लोकतान्त्रिक पार्टी: २४,६१५

नेकपा (माओवादी) : २३,८३३

मंगोल नेशनल अर्गनाइजेशन: २०,५८०

सार्वभौम नागरिक पार्टी: १४,७९१

आम जनता पार्टी: १३,४३९

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल: १०,५७८

संयुक्त नागरिक पार्टी: ९,०४२

स्वाभिमान पार्टी: ८,१२७

नेपाल जनता पार्टी: ७,१४१

राष्ट्रिय जनमुक्ति पार्टी: ७,१२५

राष्ट्रिय एकता दल: ७,०४५

नेकपा (माले): ६,१५१

नेशनल रिपब्लिक नेपाल: ५,१५७

राष्ट्रिय गौरव पार्टी: ५,११२

नेपालका लागि नेपाली पार्टीः ५,०००

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल): ४,८१५

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च: ४,६६४

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त): ४,५०६

राष्ट्रिय उर्जाशील पार्टी, नेपाल: ४,३१०

समावेशी समाजवादी पार्टी नेपाल: ४,२६२

गतिशील लोकतान्त्रिक पार्टी: ४,२४०

नेपाल लोकतान्त्रिक पार्टी: ४,०६४

नेपाल मातृभूमि पार्टी: ३,२०७

जय मातृभूमि पार्टी: २,९५७

राष्ट्रिय जनता पार्टी नेपाल: २,९२१

बहुजन शक्ति पार्टी: २,७३९

प्रजातान्त्रिक पार्टी नेपाल: २,२१४

नेपाल जनमुक्ति पार्टी: २,१६०

जन अधिकार पार्टी: २,०९१

नेपाल सद्‍भावना पार्टी: २,००३

पिपुल फर्स्ट पार्टी: १,७८७

नेपाली कांग्रेस (बीपी): १,७७९

नागरिक शक्ति, नेपाल: १,७१७

नेपाली जनश्रमदान संस्कृति पार्टी: १,६२४

नेपाली जनता दल: १,४४४

समावेशी समाजवादी पार्टी: १,३६६

जनता लोकतान्त्रिक पार्टी, नेपाल: १,२९४

सचेत नेपाली पार्टी: १,१२३

जनप्रिय लोकतान्त्रिक पार्टी: ९४४

मितेरी पार्टी नेपाल: ७६६

उन्‍नत लोकतन्त्र पार्टी: ७२०

त्रिमुल नेपाल: ६८५

प्रकाशित: २७ फागुन २०८२ १३:१२ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast