हर्क साम्पाङको पार्टीले कुन जिल्लाबाट कति ल्यायो मत [सूचीसहित]

हिमाल प्रेस ३ चैत २०८२ ८:३५ | Tuesday, March 17, 2026
6
SHARES
हर्क साम्पाङको पार्टीले कुन जिल्लाबाट कति ल्यायो मत [सूचीसहित]

काठमाडौँ- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा आफूले पाएको समानुपातिक मत सार्वजनिक मत सार्वजनिक गरेको छ। श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेको छ। समानुपातिक मतको नतिजा अनुसार श्रम संस्कृतिले मुलुकभरीका सबै निर्वाचन क्षेत्रबाट मत पाएको छ।

सुनसरी १ बाट हर्क साम्पाङ, खोटाङबाट आरेन राई र भोजपुरबाट ध्रुवराज राई विजयी बनेका छन्। समानुपातिकमा ३ लाख ८५ हजार ८५६ मत (कुल सदर मतको ३.५६ प्रतिशत) ल्याएको छ। तर श्रम संस्कृतिले १६५ क्षेत्रबाटै समानुपातिक मत पाएको छ।

कोशी प्रदेश

ताप्लेजुङमा ८ हजार ६९८ मत, पाँचथरमा १८ हजार ३६८ मत,इलामका दुई निर्वाचन क्षेत्रमा क्रमशः १६ हजार ५५० र १७ हजार ४८२ मत, झापाका पाँच निर्वाचन क्षेत्रमा क्रमशः १० हजार ४०, ७ हजार ९००, ८ हजार ३०१, ८ हजार ४११ र १० हजार ६७३ मत प्राप्त भएको छ। संखुवासभामा १० हजार ६७३ मत, तेह्रथुममा ६ हजार ६६४ मत, भोजपुरमा १६ हजार १५० मत र धनकुटामा १३ हजार ९६० मत, मोरङका छ निर्वाचन क्षेत्रमध्ये मोरङ–१ मा १७ हजार ५७० मत, मोरङ–२ मा २ हजार ४४० मत, मोरङ–३ मा १८ हजार ४८५ मत, मोरङ–४ मा १ हजार ४३० मत, मोरङ–५ मा ५२२ मत र मोरङ–६ मा ३ हजार ७५४ मत प्राप्त भएको छ।

सुनसरीका चार निर्वाचन क्षेत्रमा सुनसरी–१ मा ३२ हजार २३० मत, सुनसरी–२ मा ७ हजार ९९७ मत, सुनसरी–३ मा २ हजार २०३ मत र सुनसरी–४ मा ३ हजार २६४ मत आएको छ। सोलुखुम्बुमा ६ हजार ८६८ मत, खोटाङमा १८ हजार १३७ मत, ओखलढुंगामा ४ हजार ६२५ मत यो पार्टीलाई प्राप्त भएको छ।

उदयपुरका दुई निर्वाचन क्षेत्रमा उदयपुर–१ मा १२ हजार २९६ मत र उदयपुर–२ मा ४ हजार ९९२ मत पाएको छ। यीमध्ये सबैभन्दा धेरै मत सुनसरी–१ मा ३२ हजार २३० पाएको छ।

बागमती प्रदेश

दोलखामा ८२८ मत, रामेछापमा १ हजार ५८७ मत पाएको श्रम संस्कृतिले सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा सिन्धुली–१ मा २ हजार ४६१ र सिन्धुली–२ मा ८१२ मत पाएको छ।रसुवामा ८१२ मत पाएको श्रम संस्कृतिले धादिङ–१ मा ४५२ र धादिङ–२ मा ८०३ मत प्राप्त गरेको छ। नुवाकोट–१ मा ६०७ र नुवाकोट–२ मा ६९७ मत पाएको छ।काठमाडौंका १० निर्वाचन क्षेत्रमा क्रमशः काठमाडौं–१ मा ७८४, काठमाडौं–२ मा ८७७, काठमाडौं–३ मा ९३५, काठमाडौं–४ मा १ हजार १८८, काठमाडौं–५ मा १ हजार १६९, काठमाडौं–६ मा ६७७, काठमाडौं–७ मा ७६३, काठमाडौं–८ मा ५६९, काठमाडौं–९ मा ५२८ र काठमाडौं–१० मा ७७६ मत श्रम संस्कृतिलाई पाएको छ। भक्तपुर–१ मा ५५० र भक्तपुर–२ मा १ हजार ७५ मत पाएको छ।

ललितपुर–१ मा ४७०, ललितपुर–२ मा १ हजार १५८ र ललितपुर–३ मा २ हजार १६९ मत प्राप्त भएको छ। काभ्रे–१ मा ६१० र काभ्रे–२ मा ७३४ मत पाएको यो दललाई सिन्धुपाल्चोक–१ मा ५६७ र सिन्धुपाल्चोक–२ मा ३९२ मत प्राप्त भएको छ। मकवानपुर–१ मा १ हजार ६२४ र मकवानपुर–२ मा १ हजार ४६७ मत आएको छ। चितवन–१ मा १ हजार ५४७, चितवन–२ मा १ हजार १४९ र चितवन–३ मा १ हजार २५३ मत प्राप्त भएको छ।

लुम्बिनी प्रदेश

गुल्मी–१ मा ७४९ र गुल्मी–२ मा १८७ मत आएको छ। पाल्पा–१ मा १ हजार ७९५ र पाल्पा–२ मा १ हजार ७६३ मत प्राप्त भएको छ। अर्घाखाँचीमा ५७२ मत आएको छ।रूपन्देही–१ मा २ हजार ५०४, रूपन्देही–२ मा २ हजार ३२४, रूपन्देही–३ मा १ हजार ४०५, रूपन्देही–४ मा ८० र रूपन्देही–५ मा २ हजार ४३ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ।

कपिलवस्तु–१ मा ८८६, कपिलवस्तु–२ मा २०९ र कपिलवस्तु–३ मा ३६३ मत आएको छ। रूकुम पूर्वमा ३६३ मत, रोल्पामा ७८८ मत र प्यूठानमा ९५५ मत प्राप्त भएको छ।दाङका तीन निर्वाचन क्षेत्रमा दाङ–१ मा ७०८, दाङ–२ मा ८७१ र दाङ–३ मा ४७७ मत आएको छ। बाँके–१ मा ६११, बाँके–२ मा २९९ र बाँके–३ मा ५८५ मत उसलाई प्राप्त भएको छ।  बर्दिया–१ मा ५०६ र बर्दिया–२ मा ५७१ मत पाएको श्रम संस्कृतिले नवलपरासी ९बर्दघाट सुस्तपश्चिम०–१ मा ८९५ र नवलपरासी ९वर्दघाट सुस्ता पश्चिम०–२ मा १ हजार १८० मत पाएको छ।

गण्डकी प्रदेश

गोरखा–१ मा ४८६ र गोरखा–२ मा ६९६ मत पाएको श्रम संस्कृतिले मनाङमा ८३ मत प्राप्त गरेको छ। लमजुङमा १ हजार १३७ पाएको यो पार्टीलाई कास्की–१ मा १ हजार ५८४, कास्की–२ मा १ हजार ६६ र कास्की–३ मा ९१४ मत प्राप्त भएको छ। तनहुँ–१ मा १ हजार ५३२ र तनहुँ–२ मा १ हजार ३४४ मत पाउँदा स्याङ्जा–१ मा ९५७ र स्याङ्जा–२ मा १ हजार ९ मत प्राप्त भएको छ। नवलपरासी/बर्दघाट सुस्ता पूर्व १ मा २ हजार २५३ र २ मा १ हजार ९७६ मत आएको छ।

मुस्ताङमा १ हजार ९७६ मत, म्याग्दीमा १ हजार ७१५ मत प्राप्त भएको छ। बाग्लुङ–१ मा ८०४ र बाग्लुङ–२ मा ७६२ मत आएको श्रम संस्कृतिलाई पर्वतमा ७६२ मत प्राप्त भएको छ।

मधेश प्रदेश

सप्तरी–१ मा उसलाई २५३, सप्तरी–२ मा १५७, सप्तरी–३ मा १९० र सप्तरी–४ मा २२२ मत आएको छ। सिराहा–१ मा २५५, सिराहा–२ मा ३१७, सिराहा–३ मा ३९० र सिराहा–४ मा १४४ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ। धनुषा–१ मा ५४०, धनुषा–२ मा २१, धनुषा–३ मा ३६३ र धनुषा–४ मा ५१८ मत आएको छ। महोत्तरी–१ मा १ हजार ३०८, महोत्तरी–२ मा ३२८, महोत्तरी–३ मा ७४ र महोत्तरी–४ मा २४ मत प्राप्त भएको छ।

सर्लाही–१ मा ८०१, सर्लाही–२ मा ५३, सर्लाही–३ मा ८७१ र सर्लाही–४ मा २७ मत आएको छ। रौतहट–१ मा ४५, रौतहट–२ मा १८, रौतहट–३ मा १७९ र रौतहट–४ मा ५०६ मत पाएको छ। बारा–१ मा ५९२, बारा–२ मा ६५, बारा–३ मा २९६ र बारा–४ मा ४४९ मत आएको छ। पर्सा–१ मा १६४, पर्सा–२ मा १४८, पर्सा–३ मा ३३३ र पर्सा–४ मा २०३ मत प्राप्त भएको छ।

सुदूरपश्चिम प्रदेश

कैलाली–१ मा १ हजार ५४, कैलाली–२ मा ५७१, कैलाली–३ मा ४४५, कैलाली–४ मा ७२४ र कैलाली–५ मा ६६७ मत श्रम संस्कृतिलाई प्राप्त भएको छ। दार्चुलामा ५८, बैतडीमा ६०, डडेलधुरामा २३२ मत आएको छ। कञ्चनपुर–१ मा ७९३, कञ्चनपुर–२ मा २८८ र कञ्चनपुर–३ मा २१८ मत प्राप्त भएको श्रम संस्कृतिलाई बझाङमा ४७, बाजुरामा २५, डोटीमा ८५, अछाम–१ मा २० र अछाम–२ मा १८ मत आएको छ। अछाम–२ मा १८ र रौतहट–२ मा १८ मत नै पाएको छ।

कर्णाली प्रदेश

सल्यानमा ३१२ मत, डोल्पामा ७२ मत, मुगुमा ३९ मत प्राप्त भएको छ। जुम्लामा २०० मत, कालीकोटमा ३६ मत र हुम्लामा ३० मत आएको छ। जाजरकोटमा ९२ मत प्राप्त भएको छ। दैलेख–१ मा ३६७ र दैलेख–२ मा ५४ मत आएको छ। सुर्खेत–१ मा ९५२ र सुर्खेत–२ मा २ हजार २७१ मत प्राप्त भएको छ। रूकुम पश्चिममा २३२ मत आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast