विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस १५ चैत २०८२ १७:१२ | Sunday, March 29, 2026
16
SHARES
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरिक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सबै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन्।

सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए।

मनसुन आउनुभन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनीकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए। उनले नेपाल प्राकृतिक विपद्को जोखिम राष्ट्र भएकाले पनि सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिए। पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ।

आफू १० वर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाँउमा आएको प्रतिक्रिया दिए। अब कुनै पनि नागरिकले प्राकृतिक विपद्बाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १५ चैत २०८२ १७:१२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast