बिदा भए गृहमन्त्री अर्याल, भने- निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि

हिमाल प्रेस १२ चैत २०८२ २१:३७ | Thursday, March 26, 2026
12
SHARES
बिदा भए गृहमन्त्री अर्याल, भने- निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै (बिहीबार) पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन्।

मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे। उनले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए।

प्रकाशित: १२ चैत २०८२ २१:३७ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast