काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको बागडोर सम्हाल्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक रूपमा मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण गरिनुपर्ने माग गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिनिधि सभा सदस्य समेत रहेका साम्पाङले देशको स्वास्थ्य र सुशासनका लागि यो प्रक्रिया अनिवार्य हुनुपर्ने जिकिर गरेका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ? सांसदहरूको पनि गर्नु पर्छ? देशको स्वास्थको लागि यो अनिवार्य छ?’

प्रकाशित: १५ चैत २०८२ ८:२० | Sunday, March 29, 2026
प्रतिक्रिया




