काठमाडौँ- रामनवमीको अवसरमा देशभरका हलमा नेपाली फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ।
फिल्मले देशभर करिब १ सय सो पाएको टिमले जनाएको छ। हलमा अहिले ‘धुरन्धर २’ को दबदबा छ। फिल्म हेर्नेको घुँइचो हलमा लागेको छ।
यसैबीच एकल प्रदर्शन भएको ‘हामी तीन भाइ’ ले न्यून सो पाएको हो। सामाजिक कथा बनेको फिल्म कमेडी,पारिवारिक खटपट तथा सन्देशमूलक रहेको निर्माण पक्षले जनाएको छ।
फिल्म मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा तीन दाजुभाइबीचको सम्बन्ध र मनमुटावलाई रोचक ढंगले प्रस्तुत गरिएको निर्देशक भट्टराईले बताए।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्टसको ब्यानरमा निर्माण भएको फिल्म त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्।




