हलवालाले खुलाए ‘हामी तीन भाइ’ को बुकिङ सो

हिमाल प्रेस १२ चैत २०८२ ११:३६ | Thursday, March 26, 2026
12
SHARES
हलवालाले खुलाए ‘हामी तीन भाइ’ को बुकिङ सो

काठमाडौँ- चैत १३ अर्थात् भोलिदेखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शन हुँदैछ। हलवालाहरूले फिल्मको टिकट बुकिङ पनि खुलाइसकेका छन्।

बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाइएको हो। देशभरका हलमा फिल्मले सो पाएको टिमले जनाएको छ।

क्युएफएक्स, आइइनआइ सिनेमाज, वान सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्मले सो खुलाएका छन्।

सबै उमेरका दर्शकले हेर्न सक्ने गरी चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ।

मधुसुदन भट्टराईले निर्देशन गरेको फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, मुख्य भूमिकामा छन्।

साथै सहायक कलाकारमा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं सुष्मा निरौला, यादव देवकोटा (सरापे), भुमिका गिरीलगायत कलाकारको अभिनय छ।

कमेडी तथा सामाजिक कथामा आधारित फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आर्टसको ब्यानरमा निर्माण भएको फिल्ममा त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले लगानी गरेका छन्।

प्रकाशित: १२ चैत २०८२ ११:३६ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast