ज्ञानेन्द्र शाहीको थप शपथ- बरू नष्ट हुन्छु…

हिमाल प्रेस १२ चैत २०८२ १५:५६ | Thursday, March 26, 2026
16
SHARES
ज्ञानेन्द्र शाहीको थप शपथ- बरू नष्ट हुन्छु…

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सांसद पदको शपथसँगै थप शपथ पनि लिएका छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग शपथ लिएका हुन्।

शपथसँगै शाहीले थप शपथमा हस्ताक्षर गरेर संघीय संसद् सचिवालयलाई दिएका हुन्। ‘बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ, राष्ट्रका खातिर ज्यान दिन तयार छु’, शाहीले लिएको थप शपथमा उल्लेख छ।

उनले शपथपत्र सँगै थप शपथमा हस्ताक्षर गरेर सचिवालयका कर्मचारीलाई दिएका हुन्। शाही राप्रपाका संसदीय दलको नेतासमेत हुन्। प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्।

प्रकाशित: १२ चैत २०८२ १५:५६ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast