सरकारले राजनीतिक पूर्वाग्रह राख्ने काम नगरोस् : नेकपा

हिमाल प्रेस १४ चैत २०८२ १९:२५ | Saturday, March 28, 2026
56
SHARES
सरकारले राजनीतिक पूर्वाग्रह राख्ने काम नगरोस् : नेकपा फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई द्वन्द्व सिर्जना हुने काम नगर्न ध्यानाकर्षण गराएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको सन्दर्भमा नेकपाले यस्तो बताएको हो।

मन्त्रिपरिषद्को बैठकबाट भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा सन्दर्भमा आफूहरूको ध्यानाकर्षण भएको भन्दै नेकपा केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर भनेको छ,‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन गरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।’

नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएकोमा र उनको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएकोमा बधाईसमेत दिएको छ।

प्रकाशित: १४ चैत २०८२ १९:२५ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast