फेरि बढ्न थाल्यो सुनको भाउ

हिमाल प्रेस १७ चैत २०८२ ११:२२ | Tuesday, March 31, 2026
6
SHARES
फेरि बढ्न थाल्यो सुनको भाउ

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा ६ हजार ७०० र चाँदी १४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८४५ कायम भएको छ।

हिजो सोमबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ७०० मा कारोबार भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८६ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ७२० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ५६० र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित: १७ चैत २०८२ ११:२२ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast