सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

हिमाल प्रेस २७ फागुन २०८२ ११:१३ | Wednesday, March 11, 2026
8
SHARES
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ- मंगलबारको तुलनामा बजारमा आज सुनको मूल्य रु दुई हजारले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको थियो।

सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४१० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २७ फागुन २०८२ ११:१३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast