सुन तोलामा साढे १२ हजार रुपैयाँले घट्यो

हिमाल प्रेस ८ चैत २०८२ १२:१४ | Sunday, March 22, 2026
14
SHARES
सुन तोलामा साढे १२ हजार रुपैयाँले घट्यो

काठमाडौँ- बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ५४० कायम भएको छ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो।

अघिल्लो दिन प्रतितोला सुन रु तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी रु पाँच हजार १० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ चैत २०८२ १२:१४ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast