सुनको मूल्य तोलामा तीन लाख २८ हजार नाघ्यो

हिमाल प्रेस १९ फागुन २०८२ ११:१८ | Tuesday, March 3, 2026
22
SHARES
सुनको मूल्य तोलामा तीन लाख २८ हजार नाघ्यो

काठमाडौँ- सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। सोमबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढेको हो।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रतिदश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो।

प्रकाशित: १९ फागुन २०८२ ११:१८ | Tuesday, March 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast