ओली पक्राउपछि गोकुल बास्कोटाको टिप्पणी : नेपालको राजनीति पाकिस्तानी मोडमा

हिमाल प्रेस १४ चैत २०८२ ८:३० | Saturday, March 28, 2026
22
SHARES
ओली पक्राउपछि गोकुल बास्कोटाको टिप्पणी : नेपालको राजनीति पाकिस्तानी मोडमा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले बालेन्द्र शाह नेतृत्वको सरकारले अबलम्बन गरेको मोडल नेपाली समाजले नरुचाउने बताएका छन् । सरकार बनेको २४ घण्टा नबित्दै विकसित राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमा लेख्दै उनले नेपाली समाज प्रतिशोधको राजनीति नरुचाउने बताएका छन् । उनले पाकिस्तानी र बंगलादेशको मोडल नेपाली समाजले नरुचाउने जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘बालेन युगमा जान्छ भन्थे–ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन ।पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुँदै होइन । जसलाई जे सुकै लागोस् ।’

प्रकाशित: १४ चैत २०८२ ८:३० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast