बलात्कार गरी बालिकाको हत्या : दोषीलाई कारबाही गर्न ध्यानाकर्षण, चार जना पक्राउ

हिमाल प्रेस २६ फागुन २०८२ १७:११ | Tuesday, March 10, 2026
26
SHARES
बलात्कार गरी बालिकाको हत्या : दोषीलाई कारबाही गर्न ध्यानाकर्षण, चार जना पक्राउ

सुर्खेत- गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४,  सहिद पार्क नजिकको जंगलमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको घटनामा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन जिल्लाका एक दर्जन संघसंस्थाहरूले माग गरेका छन्। मंगलबार उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति स्तब्ध भएको बताउँदै घटनाको निष्पक्ष र गहन छानबिन गर्न माग गरेका हुन्।

विज्ञप्तिमा वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकाले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको जनाइएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा मानवअधिकार रक्षक संजाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासंघ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक संजाल, आवाज, दलित सेवा संघ, दलित महिला संघ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेत रहेका छन्।

यसैबीच सुर्खेत प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा चार जना पक्राउ गरेका छन्। पक्राउ पर्नेमा दुई जना १६ वर्षका, एक जना १७ र अर्का १८ वर्षका रहेको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिए।

उनका अनुसार पीडित परिवारले दिएको जाहेरीको आधारमा शवको पोस्टमार्टमका लागि थप अनुसन्धान गर्न फरेन्सिक विज्ञ टोली प्रदेश अस्पतालमा आएका छन्। हालसम्म परिवारजनले बालिकको शव बुझेका छैनन्।

प्रकाशित: २६ फागुन २०८२ १७:११ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast