जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी सहिद परिवारको माग

हिमाल प्रेस ११ चैत २०८२ १८:२७ | Wednesday, March 25, 2026
14
SHARES
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी सहिद परिवारको माग

काठमाडौँ- जेनजी सहिद परिवारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।

बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो। उनले आयोगको प्रतिवेदन निष्पक्ष ढंगले कार्यान्वयन हुने आशा रहेको उल्लेख गरे।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग सिफारिसअनुसार कारबाही प्रक्रिया सुरु हुने उनको विश्वास छ। त्यस्तै उनले वर्तमान सरकारले पछिल्लो समय जेनजी सहिद परिवारलाई बेवास्ता गरेको गुनासो गर्नुभयो।

नयाँ बन्ने सरकारले पनि पुरानै सरकार जस्तो काम गरे सहिद परिवारले सडकबाट प्रतिपक्षीको भूमिका निभाउने उनले बताए।

उनले नयाँ बन्ने सरकारले जनेजी युवाहरूले उठाएका मागहरूलाई सम्बोधन गर्ने विश्वास व्यक्त समेत गरे। जेनजी सहिद परिवार कल्याणकारी समाजका लागि शहरी विकास विभागमा कार्यालय प्रयोजनका लागि ठाउँ समेत उपलब्ध गराएको भन्दै उनले सरकारप्रति आभार व्यक्त गरे।

प्रकाशित: ११ चैत २०८२ १८:२७ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast