फाइल तस्बिर।
पोखरा- गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ। गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले यही ८ चैत (आइतबार) दिउँसो १ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्।
नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान गरिएको गण्डकी प्रदेशसभा सचिवालयतर्फबाट कानुन अधिकृत रामबहादुर थापाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।
सचिवालयका अनुसार उक्त बैठक पोखरा–५, मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्नेछ। जेनजी आन्दोलनका कारण नदीपुरस्थित प्रदेशसभा जलेर ध्वस्त भएपछि बैठक मालेपाटन सरेको हो।
प्रकाशित: ३ चैत २०८२ २०:३७ | Tuesday, March 17, 2026
प्रतिक्रिया




