होलीमा गगनको अनुरोध : निर्वाचनमा सक्रिय सहभागिता जनाउनुहोस्

हिमाल प्रेस १८ फागुन २०८२ ८:३२ | Monday, March 2, 2026
6
SHARES
होलीमा गगनको अनुरोध : निर्वाचनमा सक्रिय सहभागिता जनाउनुहोस् नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन्।नेपाली समाजका विविध भूगोल, जातजाति, भाषा, धर्म, कला र संस्कृतिको विविधता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै उनले फागु पूर्णिमा आपसी प्रेम, एकता र सद्भावको पर्व भएको बताएका छन्।

शुभकामना सन्देशमा उनले फागु पूर्णिमासँगै प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा आएको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। लोकतन्त्र सुदृढीकरण र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ गते हुने निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबै नेपालीलाई उनले आह्वान गरेका छन्।

अन्त्यमा उनले फागु पूर्णिमाले सबैको घर-परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

प्रकाशित: १८ फागुन २०८२ ८:३२ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast