नवनियुक्त प्रधानमन्त्री शाहलाई गगनको बधाई

हिमाल प्रेस १३ चैत २०८२ १६:४५ | Friday, March 27, 2026
14
SHARES
नवनियुक्त प्रधानमन्त्री शाहलाई गगनको बधाई

काठमाडौँ– नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: १३ चैत २०८२ १६:४५ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast