गगन थापाको राजीनामा अस्वीकृत, कांग्रेसले देखायो यी आधार

हिमाल प्रेस ८ चैत २०८२ १९:५९ | Sunday, March 22, 2026
34
SHARES
गगन थापाको राजीनामा अस्वीकृत, कांग्रेसले देखायो यी आधार

काठमाडौँ- नेपाली कांग्रेस सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत भएको छ। आज (आइतबार) बसेको केन्द्रीय समिति बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।

प्रवक्ता देवराज चालीसेका अनुसार बैठकले थापाको राजीनामा सर्वसम्मतरूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले अस्वीकृत गर्ने सात आधार पनि दिएको छ। ‘वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले, राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले, विशेष महाअधिवेशन पश्चात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले, पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले र केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले’ भन्ने आधार दिइएको छ।

साथै बैठकल निर्वाचनमा पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको समेत बताएको छ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकमा ८८ जना सदस्य तथा पदाधिकारिहरूले आफ्नो धारणा राखेका थिए। बैठकले निर्वाचन परिणामको प्रारम्भिक समीक्षालाई परिमार्जनसहित पारित गरेको छ।

प्रकाशित: ८ चैत २०८२ १९:५९ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast