कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा

हिमाल प्रेस ५ चैत २०८२ ७:२६ | Thursday, March 19, 2026
18
SHARES
कांग्रेस सभापतिबाट गगन थापाले दिए राजीनामा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले हिमाल प्रेसलाई जानकारी दिए।

‘उहाँले राजीनामा दिनुभएको छ’ रसाइली भने,‘अब भोलिको बैठकमा उहाँको राजीनामा बारे छलफल हुन्छ।’ रसाइलीका अनुसार शुक्रबार (भोलि)बाट कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बोलाइएको छ। राजीनामा स्वीकृत गर्ने–नगर्ने विषयमा बैठकमै छलफल हुन्छ। गएको फागुन २१ को चुनावमा अपेक्षा गरेअनुसार नतिजा नआएपछि थापा दबाबमा थिए। उनले यसअघि नै राजीनामा दिने संकेत गरेका थिए। तर अन्य पदाधिकारीले राजीनामा नदिन अनुरोध गर्दा रोकिएका थिए।

प्रकाशित: ५ चैत २०८२ ७:२६ | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast