काठमाडौँका पूर्व सीडीओ हाजिरी जमानीमा छुटे

हिमाल प्रेस १७ चैत २०८२ १९:४२ | Tuesday, March 31, 2026
18
SHARES
काठमाडौँका पूर्व सीडीओ हाजिरी जमानीमा छुटे

काठमाडौँ- काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा छुटेका छन्। पछि खोजेका बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेको काठमाडौँ प्रहरीले जनाएको छ।

रिजाललाई उनका भतिजको जिम्मा लगाइएको छ। जेनजी आन्दोलनका बेला काठमाडौँ जिल्लाको सीडीओ रहेका उनलाई आज (मंगलबार) काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बानेश्वरस्थित घरबाटै पक्राउ गरेको थियो।

जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसअनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको थियो। तर मन्त्रिपरिषद्ले सुरक्षासँग सम्बन्धितलाई छुट्टै समिति बनाएर छानबिन गर्ने निर्णय गरेको छ। सीडीओ जिल्ला सुरक्षा समितिको अध्यक्ष हुने गर्छन्।

प्रकाशित: १७ चैत २०८२ १९:४२ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast