वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठ समूहले घोषणा गर्‍यो उम्मेदवारी

हिमाल प्रेस ९ चैत २०८२ १९:२३ | Monday, March 23, 2026
26
SHARES
वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठ समूहले घोषणा गर्‍यो उम्मेदवारी

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको हो। हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार आगामी साधारणसभाबाट स्वतः अध्यक्ष हुनेछन्।

श्रेष्ठको समूहबाट वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला–नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण शर्माले उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए। निजी क्षेत्रको आवाज दुईतिहाईको सरकारसमक्ष सशक्त रुपमा पु¥याउन पनि महासंघभित्र एकताको खाँचो रहेको उनको भनाइ छ।

त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समय निकै कम रहे पनि नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास गर्ने बताए। सहमति हुन नसके लोकतान्त्रिक अभ्यासमा जाने र निर्वाचनपछि महासंघलाई एकताबद्ध भएर अघि बढाउने प्रतिवद्धता जनाए।

महासंघको ६० औँ वार्षिक साधारण सभा चैत्र २९ र ३० गते हुँदैछ। साधारणसभाअन्तर्गत महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। निर्वाचनमा उपाध्यक्ष हेमराज ढकाल समूहले यसअघि नै प्यानलसहितको उम्मेदवार घोषणा गरिसकेको छ। हेमराज वाणिज्य महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसादका भाइ हुन्।

प्रकाशित: ९ चैत २०८२ १९:२३ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast