सिरहाको ल फर्ममा विस्फोट

हिमाल प्रेस २७ फागुन २०८२ १७:३३ | Wednesday, March 11, 2026
16
SHARES
सिरहाको ल फर्ममा विस्फोट

काठमाडौँ- सिरहास्थित नेपाल बार एशोसिएसन भवनमा विस्फोट भएको छ। सिरहा जिल्ला अदालतअगाडि रहेको एशोसियनको भवनमा सञ्चालित एक ल फर्मम शंकास्पद विस्तु विस्फोट भएको हो।

अधिवक्ता धनिकलाल यादवले सञ्चालन गर्दै आएको मधेश ल फर्मभित्र विस्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोटमा परी २८ वर्षीय युवक सौरभ यादव घाइते भएका छन्।

विस्फोटका कारण यादवको शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेश पालले विस्फोटमा परी घाइते भएका युवक ल फर्ममा काम गर्ने कर्मचारी रहेको बताए। उनको अवस्था सामान्य रहेको पालले जानकारी दिए।

ल फर्मभित्र विस्फोट हुने बस्तुबारे यकिन भइ नसकेको उनले बताए। पालले नेपाली सेनाको टोली घटनास्थल पुगेर आवश्यक छानबिन गरिरहेको जानकारी दिए।

प्रकाशित: २७ फागुन २०८२ १७:३३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast