काठमाडौँ- दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३२ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत चैत ९ गते पनि यसै स्थानलाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित: १२ चैत २०८२ ९:१२ | Thursday, March 26, 2026
प्रतिक्रिया




