दाङ- दाङमा ट्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ। गढवा गाउँपालिका–५ मा रा६प १७६९ नम्बरको मोटरसाइकल रा१त ३४२९ नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा गढवा–५ का ४२ वर्षीय भानु रिजाल रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनाबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
प्रकाशित: ४ चैत २०८२ ६:४७ | Wednesday, March 18, 2026
प्रतिक्रिया




