मन्त्रिमण्डलमा भागबण्डा : बालेनका ७, रविका ७

हिमाल प्रेस १३ चैत २०८२ १४:५६ | Friday, March 27, 2026
646
SHARES
मन्त्रिमण्डलमा भागबण्डा : बालेनका ७, रविका ७

काठमाडौँ- आज (शुक्रबार) मुलुकले नयाँ सरकार पाएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिए। नियुक्त भएका अन्य १४ जना मन्त्रीहरूले पनि सँगै शपथ लिएका हुन्।

मन्त्री नियुक्त गर्नुअघि रास्वपा सभापति रवि लामिछाने र बालेनबीच विभिन्न चरणमा छलफल भएको थियो। अहिले बनेको मन्त्रिमण्डलमा रवि पक्षका ७ र बालेन पक्षका ७ जना मन्त्री नियुक्त भएका छन्।

रवि पक्षबाट डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्थामन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, निशा मेहता स्वास्थ्य तथा खानेपानी मन्त्री र गीता चौधरी कृषि, वन तथा वातावरणमन्त्री बनेका छन्।

बालेन पक्षका सुदन गुरुङ गृहमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास, खड्गराज पौडेल पर्यटन तथा नागरिक उड्डयन, सस्मित पोखरेल शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुद, डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि, डा. दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन्।

रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन्। उद्योगमन्त्रीमा अमरेशकुमार सिंहको नाम सिफारिस भए पनि उनको नाम अन्तिम अवस्थामा काटिएको हो।

स्रोतका अनुसार सिंहले उद्योग मन्त्रालयमा चासो देखाएनन्। सम्भवत: केही दिनमा उद्योग मन्त्रालयमा अर्को नाम नियुक्तिका लागि पठाइनेछ।

प्रकाशित: १३ चैत २०८२ १४:५६ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast