सिंहदरबारको आन्तरिक सुरक्षा तयारीबारे छलफल

हिमाल प्रेस ८ चैत २०८२ १९:२८ | Sunday, March 22, 2026
34
SHARES
सिंहदरबारको आन्तरिक सुरक्षा तयारीबारे छलफल

काठमाडौँ- सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता आज (आइतबार) मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदहरुको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए। सो अवसरमा सुरक्षाको आवश्यकीय प्रवन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो।

प्रकाशित: ८ चैत २०८२ १९:२८ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast