‘धुरन्धर : द रिभेन्ज’ आजदेखि प्रदर्शन

हिमाल प्रेस ५ चैत २०८२ १७:४० | Thursday, March 19, 2026
20
SHARES
‘धुरन्धर : द रिभेन्ज’ आजदेखि प्रदर्शन

काठमाडौँ- बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ आजदेखि विश्वभर प्रदर्शन भएको छ। नेपालमा पनि फिल्म प्रदर्शन गरिएको हो।

बिहानैदेखि नेपालका विभिन्न हल हाउसफूल भइरहेको छ।

पहिलो भागको सफलतासँगै छोटो समयकै निर्माण टिमले दोस्रो भाग प्रदर्शन गरेका हुन्। फिल्मले नेपालमा १० करोडभन्दा बढी व्यापार गरेको थियो।

फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। फिल्ममा अघिल्लो भागकै निरन्तरतामा पाकिस्तानी ग्याङस्टरसँगको बदलाको कथा देखाइएको छ। फिल्मले भारतीय जासुसको रूपमा पाकिस्तान पुगेपछि उनको पात्रले भोग्ने चुनौती, जोखिम र बदलाको भावनालाई समेटेको छ।

एक्सन र ड्रामा जनरामा बनेको फिल्म आदित्य धरले निर्देशन गरेका हुन्।

प्रकाशित: ५ चैत २०८२ १७:४० | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast