धनगढीका आसिस जोशीले बनाए विद्युतीय मोटरसाइकल

हिमाल प्रेस १५ चैत २०८२ २१:२२ | Sunday, March 29, 2026
6
SHARES
धनगढीका आसिस जोशीले बनाए विद्युतीय मोटरसाइकल

सुदूरपश्चिम- धनगढीको सीसीएस विद्यालयका विद्यार्थी आसिस जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन्। मोटरसाइकल निर्माणमा सफलता पाउनमा सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनालका साथै घरपरिवारबाट प्रेरणा मिलेको उनले बताए।

कवाडीको समानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च ८० हजार रहेको लागेको जोशीले जानकारी दिए। ‘यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्नसकिन्छ,’ उनले भने, ‘अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोकनका क्रममा पनि आफूलाई सिक्ने प्रेरणा जागेको थियो।’

मोटरसाइकल निर्माणमा फलामे कवाडी समान, ब्याट्री, कन्ट्रोलर, मोटरलगायतको प्रयोग गरिएको छ। प्रयोग भएको ब्याट्री, कन्ट्रोलर र मोटर काठमाडौँबाट मगाइएको उनको भनाइ छ।

धनगढी उपमहानगरपालिका—१३ राजपुर निवासी जोशीले भने, ‘यो मोटरसाइकल एकपटक रिचार्ज गरेमा प्रतिघण्टा ४५ किलोमिटरको गतिमा ८० किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ।’

छोराले मोटरसाइकल बनाएर प्रतिभा देखाएको भन्दै आफू हर्षित भएको उनका बुबा दुर्गा जोशीले बताए। कक्षा १२ मा अध्ययनरत जोशीलाई विद्यालयले छात्रवृत्तिसमेत प्रदान गरेको छ। रासस

प्रकाशित: १५ चैत २०८२ २१:२२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast