देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

हिमाल प्रेस १७ चैत २०८२ ८:०४ | Tuesday, March 31, 2026
8
SHARES
देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा गत पुसमा भएको विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ। कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरुको भेला पनि बोलाएका छन्। देउवा–शेखर समूहले सोमबारे महाराजगञ्जमा प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सांसदहरुलाई बधाइ तथा शुभकामना कार्यक्रम गरेको थियो।

प्रकाशित: १७ चैत २०८२ ८:०४ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast