काठमाडौँ- सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने भएको छ। त्यसका लागि सरकारले एउटा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहने गरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का लागि राजनीतिक सल्लाहकार अशिम शाह हुन्।
प्रकाशित: १६ चैत २०८२ १८:२४ | Monday, March 30, 2026
प्रतिक्रिया




