फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ।
ट्रम्पले इरानसँग वार्ता गर्ने बताएपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रतिबैरल ९६ डलरमा झरेको छ।
त्यस्तै लन्डनको फाइनान्सियल टाइम्स स्टक एक्सचेन्ज सय इन्डेक्स जुन पहिले २ प्रतिशतभन्दा बढीले घटेको थियो, अहिले ०.५ प्रतिशतले माथि उक्लिएको छ।
ग्यासको मूल्य प्रति थर्म १५१ पेन्सबाट घटेर करिब १३१ पेन्स पुगेको छ।
ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा मध्यपूर्वमा जारी द्वन्द्वलाई पूर्णरूपमा अन्त्य गर्ने विषयमा वार्ता भएको लेखेका थिए। उनले ‘पूर्ण समाधान’ को मुद्दामा सकारात्मक कुराकानी भएको उल्लेख गरेका छन्।
प्रकाशित: ९ चैत २०८२ १९:४८ | Monday, March 23, 2026
प्रतिक्रिया




