काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थालिने

हिमाल प्रेस २१ फागुन २०८२ १७:५२ | Thursday, March 5, 2026
18
SHARES
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थालिने

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको आज (बिहीबार) सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

खसेको मतको यकीन हुन केही समय लाग्ने उनको भनाइ छ। मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

प्रकाशित: २१ फागुन २०८२ १७:५२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast