काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए ।
आजको बैठकमा पनि मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको छ ।
प्रकाशित: ११ चैत २०८२ ६:३२ | Wednesday, March 25, 2026
प्रतिक्रिया




