निर्वाचन सम्पन्न गरेकोमा कांग्रेसले दियो सरकारलाई धन्यवाद

हिमाल प्रेस २१ फागुन २०८२ १७:५९ | Thursday, March 5, 2026
16
SHARES
निर्वाचन सम्पन्न गरेकोमा कांग्रेसले दियो सरकारलाई धन्यवाद नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै नेपाली कांग्रेसले सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएको छ।

कांग्रेसका सभापति गगनकुमार थापाले बिहीबार एक वक्तव्य जारी गर्दै देशभर मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी भएर लोकतन्त्रप्रति आफ्नो निष्ठा र अटल प्रतिबद्धता पुनः प्रकट गरेको बताएका छन्।

उनले निर्वाचनमा सहभागी भई अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति पार्टीका तर्फबाट सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन्।

थापाले मतदाताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वासलाई पुष्टि गरेको उल्लेख गर्दै यसले राजनीतिक दलहरू र आगामी सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको बताए।

वक्तव्यमा केही निर्वाचन क्षेत्रमा भएका छिटपुट घटनाबाहेक समग्रमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिइएको छ।

त्यस्तै, निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि कांग्रेसले आभार र बधाई व्यक्त गरेको छ।

प्रकाशित: २१ फागुन २०८२ १७:५९ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast