कांग्रेसले सार्वजनिक गर्‍यो देशव्यापी निर्वाचन समीक्षा अभियान तालिका

हिमाल प्रेस १७ चैत २०८२ १७:४१ | Tuesday, March 31, 2026
26
SHARES
कांग्रेसले सार्वजनिक गर्‍यो देशव्यापी निर्वाचन समीक्षा अभियान तालिका

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार ७ वटै प्रदेशमा १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समीक्षात्मक छलफल तथा क्षेत्रगत अध्ययन गरिने कार्यक्रम तय गरिएको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समग्र समीक्षा गर्दै आगामी रणनीति तय गर्न यो अभियान महत्वपूर्ण हुने उल्लेख गरिएको छ।

उनले कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश संयोजकहरूसँग समन्वय गरी सम्बन्धित सबै तहका नेताहरूको सक्रिय सहभागिता सुनिश्चित गरिने बताए।

कांग्रेसका अनुसार प्रदेशस्तरमा आयोजना हुने कार्यक्रममा केन्द्रीय कार्यसमिति सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसहित उम्मेदवारहरूको सहभागिता रहनेछ। कार्यक्रम व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने जनाइएको छ।

निर्धारित कार्यक्रमअनुसार विराटनगरमा चैत २३ गते कोशी प्रदेशस्तरीय समीक्षा हुनेछ भने जनकपुरमा चैत २५ गते मधेश प्रदेशको कार्यक्रम आयोजना गरिनेछ।

त्यसैगरी पोखरामा चैत २७ गते गण्डकी प्रदेश, दाङमा चैत २९ गते लुम्बिनी प्रदेशको समीक्षा कार्यक्रम तय गरिएको छ।

यस्तै, हेटौँडामा वैशाख ७ गते बागमती प्रदेश, सुर्खेतमा वैशाख ३ गते कर्णाली प्रदेश तथा कैलालीमा वैशाख ५ गते सुदूरपश्चिम प्रदेशस्तरीय समीक्षा कार्यक्रम आयोजना हुनेछ।

प्रकाशित: १७ चैत २०८२ १७:४१ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast