निर्वाचन समीक्षाका लागि आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

हिमाल प्रेस ८ चैत २०८२ ६:२४ | Sunday, March 22, 2026
14
SHARES
निर्वाचन समीक्षाका लागि आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक। तस्बिर : रासस

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने प्रवक्ता देवराज चालिसे बताउँछन्। गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अधिकांश सदस्यले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखिरहेका छन् । गत फागुन २१ को निर्वाचनमा पराजय भोगेको कांग्रेस अहिले चुनावकै समीक्षामा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast