गगनको अनुपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

हिमाल प्रेस ६ चैत २०८२ १३:४२ | Friday, March 20, 2026
10
SHARES
गगनको अनुपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।

आजको बैठकका लागि दुई मुख्य एजेन्डा तय गरिएको छ। बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनामाबारे छलफल गर्ने कार्यसूची रहेको छ।

सभापति थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाएका थिए। तर,उनी स्वयं भने बैठकमा उपस्थित छैनन्।

महामन्त्री गुरुराज घिमिरेका अनुसार बैठक आजै वा भोलिसम्म सकिनेछ। बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिनेछ। साथै, आगामी बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्ने उनले जानकारी दिए।

उपसभापति शर्माले उक्त राजीनामा बैठकमा पेस गर्ने र त्यसलाई अस्वीकृत गर्ने प्रस्तावसमेत अघि सार्ने तयारी गरेका छन्।

प्रकाशित: ६ चैत २०८२ १३:४२ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast